January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

लक्ष्मी बैंकको नाफा २४.७६ प्रतिशतले बढ्यो

लक्ष्मी बैंकको नाफा २४.७६ प्रतिशतले बढ्यो

१४ माघ, २०७६, काठमाडौं ।
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ३० लाख रुपैँया नाफा कमाएको छ । यो गत वर्षको यसै अवधि भन्दा २४.७६ प्रतिशतले बढि हो ।
गत आर्थिक वर्ष २०७५।७६ को दोस्रो त्रैमासमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैकंको चुक्तापुँजि ९ अर्ब ८१ करोड रहेको छ ।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा छ । बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ ।

Advertisement