माछापुच्छ्रे बैंकको निक्षेप संकलन आक्रामक ,नाफा ८२ करोड नाघ्यो
२० माघ, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले शाखा विस्तार संगै पहिलो ६ महिनामा निक्षेप संकलन र व्यापार विस्तारमा रणनिति योजना लागु गर्दै निक्षेप संकलनमा आक्रमण देखिएको छ । बैंकको पहिलो ६ महिनामा नाफा ५ प्रतिशतले बढेर ८२ करोड १८ लाख रूपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले बढेको छ । जस्मा ब्याज खर्च र कुल ब्याज आम्दानी १८ प्रतिशतको वृद्धि भएको छ ।
बैंकले असारदेखि पुसको अन्तिम सम्ममा १२ अर्ब ३२ करोड निक्षेप बढाएको छ । बैंकले विभिन्न ठाउमा कर्जा लगानी गर्दै कर्जा १२ अर्व २४ करोड रुपैयाले बढाएको छ । बैंकले यो आर्थिक वर्षको दोेस्रो त्रैमासमा ३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ भने ६ अर्ब २५ करोडले निक्षेप बढाएको छ ।
कुल निक्षेप ९७ अर्ब ५२ करोड पुगेको छ भने कर्जा लगानी ८७ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ । बैंकको खराब ऋण स्थिर रहेको छ । आधार दर १०.९९ प्रतिशत बाट १०.२६ प्रतिशतमा पुगेको देखिन्छ् । बैंकको स्प्रेड ४.०८ प्रतिशत बाट बढेर ५.२४ प्रतिशत पुगेको छ ।
प्रतिकृया दिनुहोस्