प्रभु बैंकको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम मुम्बईमा
२० माघ, काठमाडौं ।
विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपालीलाई लक्षित गरी प्रभु बैंकले शनिवार र आइतवार भारतको मुख्य सहर मुम्बईमा वित्तीय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
यूके एड(डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम एक्सेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा मुम्बईमा रहि बिभिन्न पेशा व्यवसाय गर्दै आएका करिब २०० जना नेपाली सहभागी थिए । उक्त २ दिने कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा कसरी पठाउने भन्नेबारे जनकारी दिइएको थियो । त्यस्तै वित्तीय क्षेत्रसँग सम्बन्धित विषयहरुको बारेमा पर्याप्त जानकारी गराईएको थियो ।
यसबाट बैंकले मुम्बईका प्रवासी नेपाली लाभान्वित भई मुम्बईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा पठाउन विगतमा भन्दा सहज हुने जनाएको छ साथै, यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेे बैंकको विश्वास छ ।
प्रतिकृया दिनुहोस्