January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

म्यानको अध्यक्ष भएपछि रा.ब का कर्मचारीले दिए प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बधाई

म्यानको अध्यक्ष भएपछि रा.ब का कर्मचारीले दिए प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बधाई

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको, ःबलबनभच या तजभ थ्भबच द्दण्ज्ञढ पुरस्कार प्राप्त गर्नुभएपछि कर्मचारीले बधाई तथा सुभकामना दिएका छन् ।
बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी,बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले ःबलबनभच या तजभ थ्भबच द्दण्ज्ञढ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्नु हुंदै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताउनुभयो । उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताउनुभयो । विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताउनुभयो । कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement