ग्लोबलको नयाँ शाखा डोटीको दिपायल पिपल्लामा
०६ फागुन, काठमाण्डौ ।
ग्लोबल आइएमई बैंकले नयाँ शाखा दिपायल पिपल्ला बजारमा सोमबार देखी औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
शाखाको उद्घघाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
उक्त कार्यक्रममा वाणिज्य संघका पदाधिकारिहरु, स्थानीय उद्योगी तथा व्यापारीहरु, जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि,स्थानीय व्यवसायी तथा स्थानीयवासीको बाक्लो उपस्थिती रहेको थियो ।
बैंकको हाल देशभर दुुई सय ७० शाखा, दुुई सय ५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, दुुई सय ४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा तिन प्रतिनिधी÷सम्र्पक कार्यालय रहेका छन् ।
बैंकले आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्