January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्विङमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले वाल क्लाइम्विङमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र एस्ट्रेक क्लाइम्विङ वालबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा बैंकका कर्मचारीले छुट पाउने भएका हुन् ।

Advertisement

छुट सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट बागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र एस्ट्रेक क्लाइम्विङ वालका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे ।

Advertisement

बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि काठमाडौंस्थित ठमेलकाे वाल क्लाइम्विङमा सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारी अनुसार ५० प्रतिशत सम्म छुट प्राप्त हुने बैंकले जनाएको छ । यो सम्झौता १ बर्षसम्म लागु हुने बैंकले जनाएको छ ।

यसका साथै बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरुले देशका विभिन्न अस्पताल, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।