March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । सोमवार पनि यही मूल्यमा सुनको कारोवार भएको थियो । यता, बुधवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

Advertisement