एनआइसी एशियाबाट जति धेरै स्क्यान एण्ड पे, उति धेरै पैसा पाइने
०१ चैत, काठमाडौं ।
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।
यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकहरूले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, लक्की ड्रमार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।
बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहकहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आकर्षक फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्