January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

एटीएम काउन्टरको संख्या वृद्धि, सबै भन्दा धेरै एटीएम काउन्टर वाणिज्य बैंकहरुको

एटीएम काउन्टरको संख्या वृद्धि, सबै भन्दा धेरै एटीएम काउन्टर वाणिज्य बैंकहरुको

चैत्र २, काठमाडौँ ।
देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको बैंकिङ क्षेत्रको एटीएम काउन्टरको संख्या बढ्दै गएको छ । २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनी सहित कुुल ७३ वटा संस्थाहरुको चालु आर्थिक वर्षको पुुस मसान्त सम्ममा एटीएम काउन्टरको संख्या तीन हजार ६ सय ६२ वटा पुुगेको छ ।
जस मध्ये सबै भन्दा धेरै वाणिज्य बैंकहरुको ३ हजार दुुई सय ७४ वटा रहेका छन् । विकास बैंकहरुको ३ सय ३७ र फाइनान्स कम्पनीहरुको ५१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन । गत आर्थिक वर्षको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनी सहितका कुुल ८५ वटा संस्थाहरुको सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या तीन हजार ४९ वटा रहेका थिए ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने चालु आर्थिक वर्षको पुुस मसान्त सम्ममा ५ हजार पाँच सय ३३ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या चार हजार ११ वटा रहेका छन । विकास बैंकहरुको १ हजार दुुई सय ९३ वटा एवं फाइनान्स कम्पनीहरुको दुई सय २९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
नेपाली अर्थतन्त्रमा बैंक तथा वित्तीय क्षेत्रको योगदान
अर्थतन्त्र निष्क्रिय भएको समयमा पनि बैंक तथा वित्तीय संस्थाको गतिविधीमा सुधार आउनु सामान्य अवस्थामा राम्रो मानिँदैन तर नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि यस्तो अवस्था आउनुलाई भने वित्तीय क्षेत्रको टेवा नै मानिएको छ ।
नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान अतुलनीय छ । वित्तीय क्षेत्र अन्तर्गत पर्ने महत्वपूर्ण र संवेदनशील क्षेत्रको रूपमा बैंकिङ बजारलाई लिइन्छ भने समग्र अर्थतन्त्रमा करिब ९ प्रतिशत र वित्तीय क्षेत्रमा करिब ४० प्रतिशत योगदान यस क्षेत्रको रहेको देखिन्छ ।
बैंकिङ क्षेत्रको भुमिका अर्थतन्त्रलाई क्रियाशील बनाउन, साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि कोसेढुंगा सावित भएको छ ।

Advertisement