January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

गभर्नर नियुक्ति अन्योलमाः गभर्नर नियुक्ती समयमै गर्न असफल सरकार

गभर्नर नियुक्ति अन्योलमाः गभर्नर नियुक्ती समयमै गर्न असफल सरकार

४ चैत्र, काठमाडौँ ।
समयमै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल सावित भएको छ । वर्तमान गर्भनर डा. चिरञ्जीबी नेपालको कार्यकाल चैत्र ५ गते सकिदैछ । अर्थमन्त्री डा युवराज खतिवडाले फागुन १५ गते आयोजित पत्रकार सम्मेलनमा चैत ५ गतेभित्र नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गरिसक्ने जानकारी दिएका थिए। तर गभर्नर नियुक्त गर्ने सम्बन्धमा मन्त्रीपरिषदको बैठक बस्न नसक्दा गभर्नर नियुक्ती समयमै गर्न सरकार असफल भएको छ ।

Advertisement


नेपाल राष्ट्र बैंक ऐन २०५८ को (दोस्रो संशोधन ऐन २०७३) को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनु भन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा ऐन–बमोजिम नियुक्त गरी सोको सुचना प्रकाशन तथा प्रसारण गर्नेछ’ भनेर स्पष्ट रूपमा लेखिएको छ । यो कानुनी व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल भएको छ।

Advertisement


हुनत, सरकारले हरेक महत्वपूर्ण नियुक्तिहरु अन्तिम समयमा नै गर्दै आएको छ । सरकारले नयाँ गभर्नर नियुक्तिको लागि गर्नुपर्ने कानुनी र प्रक्रियागत काम समेत सुरु गरेकै छैन । जसले गर्दा यसपटक भने गभर्नरको कार्यकाल सकिँदासम्म मुलुकले नयाँ गभर्नर पाउने सम्भावना लगभग टरेको छ।


गभर्नर नियुक्तिमा ढिलाइ नयाँ भने होइन । यसअगाडि अर्थमन्त्री डा. खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा पनि नियुक्तिमा ढिलाइ भएको थियो । जसले गर्दा अर्थमन्त्री कार्यकालको अन्तिम दिन सम्म नै बिदामा नबसी बैंक गएका थिए ।


गभर्नर नियुक्तिको लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेर गभर्नरको सिफारिस गर्नुपर्ने हुन्छ । तर, सरकारले समिति गठन नै गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण सरकारले समिती गठन गर्न नसकेको बताइएको छ ।


गभर्नर पद रिक्त भएपछि सरकारले बरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ । अहिले बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा चिन्तामणी शिवाकोटी रहेका छन् । सरकारले समयमा नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि विहिबारदेखि राष्ट्र बैंकको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु भएर गभर्नरको जिम्मेवारी पाउनेछन्।