May 15, 2025, Thursday
२०८२ जेष्ठ २

सिभिल बैंकको नयाँ शाखा टोखामा सञ्चालन

चैत्र ४, काठमााडौँ ।
सिभिल बैंकले आफनो शाखा विस्तार गर्ने क्रममा काठमाडौँको टोखामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले समुद्घाटन गरेका थिए ।
उक्त शाखाको उद्घघाटन समारोहमा बैंकका अध्यक्ष ईच्छा राज तामाङ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, काठमाडौँ उपत्यका विकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका सञ्चालक समितीका सदस्यहरुको उपस्थित रहेको थियो ।
बैंकको हाल सम्म एक सय १२ वटा शाखाहरू तथा दुुई वटा एक्स्टेन्सन काउन्टर र पाँच वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट चार लाख ३० हजारभन्दा बढी ग्राहकहरू लाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले करिब ५४ अर्ब भन्दा बढी निक्षेप संकलन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेकोे छ ।

Advertisement