चिन्तामणी शिवाकोटीले आजदेखि सम्हाल्दै कामु गभर्नरको जिम्मेवारी , को हुन् शिवाकोटी ?
०५ चैत्र, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी पाएका छन् । गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो कार्यकाल पुरा गरि विदा भएपछि डेपुटी गभर्नर शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी आजदेखि पाएका हुन् । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन् । शिवाकोटीले हालसम्म २७ औँ पटक कामु गभर्नरको जिम्मेपवारी सम्हालिसकेका छन् । गभर्नर नियुक्ती एक महिना अघि नै हुनुपर्ने कानूनी प्रावधान भएपनि नियुक्ती गर्न सरकार असफल हुँदा कामूको जिम्मा शिवाकोटीलाई दिएको हो ।
गभर्नर डा. चिरंजीवि नेपालले ५ वर्षे कार्यकाल पुरा पुरा गरि विदा भएका छन् । सरकारले एकमहिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तथापि प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाका कारण मन्त्रीपरिषदको बैकठ बस्न नसक्दा ढिलाई भएको हो । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएपछि डेपुटी गभर्नर सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
को हुन् शिवाकोटी?
बैंकिङ विज्ञका रुपमा समेत परिचित शिवाकोटी २०२२ साउन ६ गते आठराई ह्वाकु, तेह्रथुममा जन्मिएका थिए । शिवाकोटी राष्ट्र बैंकमा २०४४ साल चैत ७ गते सहायक तहबाट प्रवेश गरेका हुन् । सहायक ६ वर्ष , अधिकृत तहमा १२ वर्ष, व्यवस्थापकीय तहमा १४ वर्ष वर्ष राष्ट्र बैंकमा कार्य सम्पादन गरिसकेका उनले आज चैत ५ गतेदेखि देशको केन्द्रीय बैंक राष्ट्र बैंकको पदभार सम्हाल्दै छन् । २०४४ साल चैत ६ गते नेपाल राष्ट्र बैंकको जागिर सुरु गरेका चिन्तामणि शिवाकोटीको सेवा अवधि ३२ वर्ष पुगेको छ ।
राष्ट्र बैंकको प्रत्येक बढुवामा शिवाकोटी फाइलबाट नभइ लेखेर माथि पुगेका ब्यक्ति हुन्। सरल र मिजासिलो स्वभावका उनी हम्मेसी कसैसँग दूरी राख्दैनन्। यद्यपी यो स्वभावको कतिपयले आलोचना पनि गर्ने गरेका छन्।
उनी राष्ट्र बैंकका डेपुटी गभर्नरमात्र होइनन् एक साहित्यकार पनि हुन् । विभिन्न पत्रपत्रिका र प्रकाशनहरूमा थुप्रै कविता, साहित्यिक लेख रचना, संस्मरण प्रकाशित छन् भने उनको २०४४ देखि २०४९ सम्म साहित्य सन्ध्या कार्यक्रममा सक्रिय संलग्नता रहेको थियो ।
स्कूले जीवनमा नै राजनीतिमा सक्रिय उनले २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भइपछि पार्टीको विचार नमिल्दा राष्ट्र बैंक कर्मचारीको आन्दोलित उनले नेतृत्वदायी भुमिका खेलेका थिए ।
प्रतिकृया दिनुहोस्