March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रोजगार कार्यक्रमले छुदैन युवालाई, झण्डै तीन लाख युवाले विदेश जान लिए श्रम स्वीकृति

रोजगार कार्यक्रमले छुदैन युवालाई, झण्डै तीन लाख युवाले विदेश जान लिए श्रम स्वीकृति

२० फागुन, काठमाण्डौ ।
बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै युवाहरु विदेश पलायन भइरहेका छन् । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधीमा बैदेशिक रोजगारमा जाने भन्दै करिब साढे दुई लाख युवाहरुले श्रम स्वीकृति लिएका छन् ।
चालु आर्थिक वर्ष २०७६÷७७ को छ महिनाको अवधिमा बैदेशिक रोजगारमा जाने भन्दै दुई लाख ५९ हजार एक सय ५२ जना युवाहरूले श्रम स्वीकृति लिएका हुन् ।  जसमा तीन हजार आठ सय ५३ जना युवाले कोरिया जानको लागि श्रम स्वीकृति लिएका हुन् भने अन्यले युरोप, अमेरिका, अफ्रिका, जापान, मलेसिया तथा खाडीलगायतका ९० भन्दा बढी मुलुकमा काम गर्न जान भन्दै युवाहरूले श्रम स्वीकृति लिएका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष, सीपयुक्त बनाएर पठाउने नीति लिएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको ठूलो सङ्ख्या रहेको छ ।
पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । तर यसका वावजुद अदक्ष कामदार विदेश जाने क्रम रोकिएको छैन ।

Advertisement