March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ ।’ नेता सिटौला

‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ ।’ नेता सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कोरोना महामारीकै बीच नयाँ परिस्थितिमा कांग्रेसले कार्यकर्तालाईमात्र होइन देशका तमाम नागरिक तहमा जागरण ल्याउने गरि कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्ने धारणा राखेका छन् ।
जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले गरेको डिजिटल संवाद कार्यक्रममा आसन्न महाधिबेशनलाई लक्ष्ति गर्दे नेता सिटौलाले उक्त कुरा बताएका हुन् ।

Advertisement


नेता सिटौलाले नयाँ जागरणको जगमा उभिएर नयाँ संगठन बनाउनु पहिला आवश्यक रहेको बताए । यसको लागि समयमै महाधिबेशन गर्नु पर्ने उनको धाराण छ । पहिला आफू मजबुद हुनुपरो, त्यस्को लागि समयमै महाधिबेशन गर्नुपरो । हामीले समयमै महाधिबेश गरौं भने अर्को चुनाबका लागि एक बर्ष रहने र त्यस्ले समयमै चुनाबी तयारी गर्न सक्ने सिटौलाको भनाई छ । नेता सिटौलाले भन्छन्, ‘कार्यतालिकाकलाई छोटो बनाएर महाधिवेशन तोकिएको समयमै गर्नुपर्छ ।’

Advertisement


सरकार सेना परिचालन गरेर लाकडाउन लम्बाउने कसरतमा रहेकोले लोकतान्त्रिक मूल्य मान्यता र शासन पद्धती कमजोर हुदै गएको बताए । सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका छन् । नेता सिटौलाले लोकतान्त्रिक मूल्य मान्यतामाथि कम्युनिष्ट तानाशाही लाद्ने सम्भावना पनि लकडाउनकै माध्यमबाट देखिदै गएको बताए । सरकारले लकडाउनलाई कुनै न कुनै रुपमा जारी राखेर सरकार आफ्नो कमजोरीलाई लुकाउन खोजिरहेको बताए ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।