April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित, पक्षमा २५८ मत, विपक्षमा शून्य

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित, पक्षमा २५८ मत, विपक्षमा शून्य

देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । 

Advertisement

नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान प्रक्रिया हुँदा बहुमतले पारित भएको हो ।
शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भारी बहुमतले पारित भएको हो ।

Advertisement

दफावार छलफलमा सबै राजनीतिक दलहरुले उक्त विधेयकमाथि समर्थन जनाइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन ।


प्रतिनिधसभामा दफावार छलफल सकिएपछि मतदान भएको थियो । त्यसपछि संशोधनको पक्ष र विपक्षमा मत विभाजन प्रकिया अपनाइएको थियो । मतदान उपस्थित सदस्यहरूको संख्या २५८ रेको थियो । संविधान संशोधन दोस्रो संशोधन विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव अथवा हुन्छ भन्ने पक्षमा २५८ र प्रस्तावको विपक्षमा वा हुन्न भन्ने पक्षमा मत नपरेको सभामुख साप्कोटाले बताए ।

दफावार प्रस्तामा संसदमा नेकपाका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राजपाका राजेन्द्र महतो, समाजवादीका उपेन्द्र यादव लगायतका संसदहरुले छलफलमा भाग लिएका थिए ।