April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

‘पोइ पर्यो काले’लाई १ करोड भ्युज

‘पोइ पर्यो काले’लाई १ करोड भ्युज

लकडाउनको मौका छोपेर करिव आधा दर्जन फिल्म युट्युवमा सार्वजनिक भएका थिए । उक्त फिल्महरु मध्येको एक फिल्म हो ‘पोइ पर्यो काले’ । अहिले सो फिल्मले फिल्मलाई १ करोड भ्युज पाउन सफल भएको छ । फिल्मलाई युट्युबमा यहि मार्च २७ मा सार्बजनिक गरिएको थियो । करिब ३ महिनाको अबधिमा फिल्म करोड क्लबमा प्रवेश गरेको हो ।

कमेडी र सामाजिक विषयबस्तुमा तयार पारिएको यस चलचित्रमा एउटा कालो बर्णको केटा मन नपराउने एक युवतीबारेमा देखाईएको छ । फिल्मले युट्युबमा २ दिनको अवधिमै पनि २२ लाख भन्दा बढी भ्युज पाएको थियो ।

कमेडी जनारामा निर्माण भएको फिल्मले हलमा औसत सफलता पाएको थियो । फिल्ममा चर्चित अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

Advertisement