July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को निधन

साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को निधन

साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंस्थित बत्तिसपुतलीमा निवासमा निधन भएको परिवारले जनाएको छ ।
७८ वर्षीय आत्रेय पेटको क्यान्सरबाट पीडित थिए । उनको शनिबार बिहान आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनका हालसम्म उनका ३८ कृति प्रकाशित भएका छन् । उनले ‘ढाक्रे’, ‘कपिलवस्तुसोमतीर्थ र सुपा देउराली’, ‘हामीभित्रका म’, ‘अथातो जलान जिज्ञासा’, ‘वैदेही महाकाव्य’, जस्ता नेपाली भाषाका साहित्यिक कृति प्रकाशित गरेका उने आत्रेयका धन्यो हिमवत देश, श्री शंकराचार्य, हनुमादयम्, श्रीसत्यनारायणकथामृतम् जस्ता संस्कृत भाषका कृतिहरू प्रकाशित गरेका छन् ।


दर्जनौँ मानसम्मान र पुरस्कारबाट पुरस्कृत आत्रेय नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत थिए । अवधी भाषामा समेत राम्रो अध्ययन गरेका आत्रेयको ‘सिंगी घाट’ अवधी भाषाको कृति हो ।