March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कर अधिकृतलाई कोरोना संक्रमित भएपछि आन्तरिक राजश्व कार्यालय समेत बन्द

कर अधिकृतलाई कोरोना संक्रमित भएपछि आन्तरिक राजश्व कार्यालय समेत बन्द

पछिल्लो समय कोरोनाको हव बन्दै गएको नेपालगञ्जमा सरकारी कार्यलयका अधिकृत समेत संक्रमित भएका छन् । आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका एकजना कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार कार्यालय नै बन्द गर्नुपरेको छ ।


कर अधिकृतलाई नै कोरोना भएपछि कर कार्यालय एक दिनलाई बन्द रहेको सूचना टाँसेको छ । कार्यालयले सूचना निकालेर भनिएको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टिनमा रहनुपर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’


कर अधिकृत, मिठाई पसलका प्रतिनिधी, पान पसल संचालकमा नै कोरोना संक्रमण भएपछि नेपालगञ्जमा ठूलै खैलाबैला भएको छ । कर अधिकृतसँग झण्डै ५० जना बढी प्रत्यक्ष सम्पर्कमा रहेको पाइएको छ । कार्यालय कर्मचारीसँग बाहिरी मानिसको पनि घुलमिल भएको देखिएपछि ठूलै खैलाबैला भएको हो । उनको सम्पर्कमा रहेका सबैको पीसीआर जाँचको तयारी भइरहेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

Advertisement