March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विविधताभित्रको एकता नै नेपाल र नेपालीको पहिचान हो : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

विविधताभित्रको एकता नै नेपाल र नेपालीको पहिचान हो : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विविधताभित्रको एकता नै नेपाल र नेपालीको पहिचान तथा विशेषता भएको बताएका छन्। मुस्लिम समुदायको चाड बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले बहुभाषिक, बहुसांस्कृतिक देशका रूपमा परिचित नेपालले सबै समुदाय र धर्मको सम्मानमा विश्वास राखेको उल्लेख गरेका छन्।    

Advertisement

अध्यक्ष तिमिल्सिनाले यस चाडले नेपाली समुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा साथ पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले यस पर्वका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।  

Advertisement

यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दहालले पनि बकर इदका अवसरमा शुभकामना दिँदै मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छन्। उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय पहिचानले समृद्ध मुलुक भएको स्मरण गरेकी छन्।

मुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले नेपालीका बीचमा आपसी एकता एवं सद्भाव, धार्मिक सहिष्णुता र एकअर्काप्रति सम्मानको भावना विकास गरेर लैजाने उनले विश्वास व्यक्त गरेकी छन्। रासस