July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना रिपोर्ट पोजिटिभ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना रिपोर्ट पोजिटिभ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । कोरोना देखिएकाअधिकांश प्रहरी कर्मचारी रहेको बताइएको छ ।

आइतबार स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारको कामका लागि खोटाङ गई फर्किएका एक प्रहरीमा कोरोना संक्रमण पुस्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।