March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बैंक अफ काठमाडौं र खल्ती डिजिटल वालेटबीच सम्झौता

बैंक अफ काठमाडौं र खल्ती डिजिटल वालेटबीच सम्झौता

असोज ५, काठमाडौं ।
बैंक अफ काठमाण्डूले ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे ।

उक्त सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो बैंक खाता लिंक गरेर मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न सक्नेछन् ।

उक्त सम्झौतापछि ग्राहकले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न पनि सक्नेछन् । त्यस्तै बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकबाट उपलब्ध सुबिधाहरुको साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement