March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बाणिज्य बैंकको जागिरे जीवनदेखि बाणिज्य महासंघको अध्यक्ष बन्दै चन्द्र ढकाल

बाणिज्य बैंकको जागिरे जीवनदेखि बाणिज्य महासंघको अध्यक्ष बन्दै  चन्द्र ढकाल

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा हिजो नयाँ नेतृत्व चयनका साथ सकिएको छ । हिजो भएको चुनाबमा बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । बागलुङको अमलाचौरमा २०२२ असारमा जन्मिएका चन्द्रप्रसाद ढकालले २०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा सहायक स्तरमा जागिर खाएका थिए । झण्डै ५ बर्ष जागिर गरेर छोडेका उनी त्यसपछि ब्यावसायमा होमिए ।

Advertisement


यसपछि उनले २०५० सालतिर कोल्ड स्टोरमा लगानी गरे । त्यस्पछि उनले आइएई ट्राभन्स खोले पछिको आडमा उनले कार्गो व्यवसाय पनि गर्न थाले । कार्गे व्यवसाय पनि राम्रो हुँदै गयो ।
व्यवसाय बढाउँदै उनले २०५८ सालमा इन्टरनेसनल मनिट्रान्सफर (आईएमई) पनि स्थापना गरे । त्यसले उनलाई व्यावसायिक क्षेत्रमा स्थापित नै गरायो । त्यस्स यता रेमिटेन्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकार लगायतमा उनको लगानी छ । उनी हरेक व्यवसयाको चेन बनाउँदै अघि बढिरहेका छन् ।

Advertisement


उनी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएको चाहिँ १० वर्ष भएको छ । यस क्रममा उनले महासंघका विभिन्न समितिको जिम्मेवारी सम्हालिसकेका छन् । गत कार्यकाल उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । त्यसबेला महासंघमा एउटा सहमति भएको थियो । सहमतिमा अर्को निर्वाचनमा चन्द्र ढकालले उम्मेद्धारी नदिने र ज्ञानेन्द्रलाल प्रधानलाई सहयोग गर्ने थियो । उक्त लिखित सम्झौतामा भवानी राणा, शेखर गोल्छा, पशुपति मुरारका र चन्द्र ढकालको हस्ताक्षर थिए ।

महासंघको कोषाध्यक्ष रहेका ज्ञानेन्द्रलाल प्रधान पदबाट राजिनामा दिएर बाहिरिए । उनले पदबाट राजिनामा मात्र दिएनन साथ साथै महासंघ समेत छोडेर नेपाल उद्योग परिसंघतिर लागे । जसकारण पनि चन्द्र ढकाललाई बाटो खुलो र बरिष्ट उपध्यक्षमा चुनाव लड्न सजिलो भयो । त्यस समय ढकालले सार्वजनिकरुपमै भन्दै आएका छन्, ‘ज्ञानेन्द्रजी महासंघमा सक्रिय रहिरहनुभएको भए पूर्वसमझदारी अनुसार म उम्मेद्धारी दिन्नथेँ, उहाँलाई नै सहयोग गर्थेँ । किनकी मैंले लिखित प्रतिबद्धता जनाएको थिए ।’

त्यस्ताका गोल्छा समूहबाट ज्ञानेन्द्रलाल र चन्द्रको एसोसिएट उपाध्यक्षमा दाबी थियो । दुबैले चुनाब लड्ने बताउँदै आएका पनि थिए । तर समिकरण परिवर्तन भयो त्यस समय पनि चण्डीराज ढकालले चन्द्रलाई समर्थन गरे । समर्थनको पछि जातियता पनि थियो । महासंघका २ जना माडवारी र ३ बाहुन बाहेक सबै नेवार समुदायको समर्थन छ । त्यो भएपनि महासंघमा चण्डीको आफ्नै हाइट छ । जता चण्डी उत्तै महासंघ भन्ने भनाई समेत महासंघमा छ । सोही समय पूर्वअध्यक्ष चण्डीले चन्द्रलाई खुलेआम सहयोग र समर्थन गरे । चण्डीराज व्यापारमा असफल व्यक्ति हुन् । व्यापार डुबेपछि बैंकबाट लिएको ऋण तिर्न सकेनन् । र, बैंकले उनलाई कालोसूचीमा राखेको छ । यद्यपि कसैले चाहे पनि नचाहे पनि महासंघको राजनीतिक समिकरणमा चण्डीको निकै ठूलो भूमिका छ । सोही मत गणनामा ज्ञानेन्द्रले महासंघ चुनाबमा चन्द्रलाई निविरोध छोडेका थिए ।

अन्तत ज्ञानेन्द्रले महासंघ नै छोडेपछि भने चन्द्रको भाग्य खुलेको हो । नभन्दै योपटक उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको कार्यकाल ३ वर्ष हुने प्रबधान छ । त्यसपछि उनी स्वतः अध्यक्ष हुनेछन् र अर्काे ३ वर्ष अर्थात् २०८२ चैत २८ गतेसम्म उनले महासंघको नेतृत्व गर्नेछन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो नियम परिवर्तन नभएमा उनी नै आगामी ३ बार्ष पछि महासंघको नेतृत्व गर्नेछन् ।