March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अजयको जन्मदिनमा ‘आर आर आर’को फर्स्टलुक सार्वजनिक, ४७५ करोडमा फिल्म विक्री

अजयको जन्मदिनमा ‘आर आर आर’को फर्स्टलुक  सार्वजनिक, ४७५ करोडमा फिल्म विक्री

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘आरआरआर’ को फर्स्टलुक सार्वजनिक भएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आर आर आर’को सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरिएको छ । आगामी १३ अक्टोबरमा रिलिज गर्ने तयारी गरेको फिल्मको फस्र्टलुक सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको फिल्मको पोस्टर भिडियोमा अजय देवगनलाई एक योद्धाको भुमिकामा देख्न सकिन्छ । पहिलो पटक अजयले तेलुगू फिल्ममा अभिनय गरेका हुन् । उनको अहिले सामाजिक सञ्जालमा अभिनयको भव्य तारिफ भइरहेको छ । यस फिल्ममा अजयका अलवा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ । यो फिल्मको नर्थ इन्डिया राइट्सले ४७५ करोडमा विक्री गरेको भारतिय मिडियाले जनाएका छन् ।


राजामौलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’ उनले साथै अजयलाई जन्मदिनको शुभकामना दिएका छन् ।

Advertisement