March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न कांग्रेस नेत्री संग्रौलाको माग

प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न कांग्रेस नेत्री संग्रौलाको माग

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले देशभर कोभिड–१९ संक्रमितको उपचारमा देखिएको समस्या समाधान गर्न तत्काल प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सुझाएकी छन् ।

Advertisement

सबै प्रदेशका प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गरी हरेक बिरामीको पहिलो स्क्रिनिङ त्यही सेन्टरबाट गर्ने र सेन्टरको सिफारिसमा अस्पतालहरुले उपचार तथा भर्ना गर्दा उपचारमा सहज हुने उनको भनाई छ ।

Advertisement

उनले शनिवार एक वक्तव्यमार्फत निजी अस्पतालले बिरामीसँग लिने शुल्कमा सरकारले कडा निगरानी राख्नुपर्ने, कोरोनाका बिरामीको स्वास्थ्य बिमा गर्नुपर्नु, प्रत्येक अस्पतालमा उपलब्ध शय्या, अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको संख्या पारदर्शी तरिकाले वितरण गर्नुपर्ने माग गरे ।

प्रत्येक अस्पतालमा चाँडोभन्दा चाँडो अक्सिजनको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने, घरबाट अस्पताल जान नसक्ने बिरामीको लागि यातायातको व्यवस्था गर्नुपर्ने, होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोलटोलमा स्वास्थ्यकर्मीको ‘मोबाइल’ टोली परिचालन गर्नुपर्ने र सबै अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य जनशक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।रासस