July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु, ६ हजार ७१४ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु, ६ हजार ७१४ जनामा  संक्रमण

जेठ १२, काठमाडौं ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १४५ जनाको मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले नियमित प्रेस ब्रिफिङका क्रममा देशका विभिन्न भागमा थप १ सय ४५ जनाको मृत्यु भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । यस्तै यो अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ६ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ३२२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।