July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङ्गले खाद्यान्न विक्री गर्ने

निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङ्गले खाद्यान्न विक्री गर्ने

जेठ १३, काठमाडौं ।
खाद्य र साल्ट ट्रेडिङले १४ गतेदेखि २० गतेसम्म जारी गरेको निषेधाज्ञाको अवधिमा खाद्यान्न विक्री गर्ने भएका छन् । स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न विक्रीको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो ।

काठमाडौं उपत्यकामा १४ जेठदेखि थप कडाइ सहित एक हप्तासम्म निषेधाज्ञा थप गरिएको छ । २० जेठसम्म डिपार्टमेन्ट स्टोर, खाद्यान्न तथा किराना पसल समेत बन्द हुनेछन् । सो अवधिमा उपभोक्तामा खाद्यवस्तुको अभाव हुन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले होम डेलिभरी गर्ने समेत बताएका छन् ।

उपभोक्ताको अर्डरका आधारमा एक हप्ताभर मोबाइल गाडीबाट खाद्य वस्तुको डेलिभरी हुने भएको हो । साथै खाद्यन्न सम्बन्धी समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । तरकारी, मासु पसल र डेरी भने बिहान ९ बजेसम्म खुल्न पाउने छन् ।