July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

भारतमा ३८ सय जनाको मृत्यु, २ लाख ११ हजार नयाँ संक्रमित थपिए

भारतमा ३८ सय जनाको मृत्यु, २ लाख ११ हजार नयाँ संक्रमित थपिए

जेठ १३, काठमाडौं ।
भारतमा कोरोनाभाइरस संक्रमण दरमा कमि आए पनि मृत्युदरमा भने कमि आएको छैन । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कुल ३ लाख १५ हजार २ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै यसअवधिमा २ लाख ११ हजार २ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । २ लाख ८३ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो साता भारतमा नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ । भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या २ करोड ७३ लाख भन्दा बढी छन् भने २ करोड ४६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । २४ लाख १९ हजार ९ सय ७ जना संक्रिय संक्रमित रहेका छन् ।