July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

शेयर कारोवारमा नयाँ रेकर्ड, बजार परिसूचक नेप्सेमा भने १.२० अंकको करेक्सन

शेयर कारोवारमा नयाँ रेकर्ड, बजार परिसूचक नेप्सेमा भने १.२० अंकको करेक्सन

जेठ १३, काठमाडौं ।
सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । ४ करोड १ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।  बैंकले सेयर बजारमा ‘ट्रेडिङ’ गर्न नपाउने भएपछि कारोबार रकम घट्ने अपेक्षाविपरित जलविद्युत कम्पनीमा लगानीकर्ता आइरिँदा कारोबार रकमले नयाा रेकर्ड बनाएको छ । 

बिहीवार कारोबार रकममा नयाँ रेकर्ड बने पनि परिसूचक भने सामान्य घटेको छ। १. २ अंकले घटेर नेप्से २८१५ अंकमा कायम भएको छ।  चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । समूहगत रुपमा हेर्दा यस दिन ब्यापार २८१, विकास बैंक ११४, जलविद्युत १३१, फाइनान्स ३६, निर्जीवन बीमा १४२ र उत्पादन ३२ अंकले बढेका छन्।  बैंकिङ ६, होटल तथा पर्यटन १४, अन्य २४, जीवन बीमा १३६ र माइक्रोफाइनान्स समूह १९१ अंकले घटेका छन्। 

यस दिन जलविद्युत कम्पनीका लगानीकर्ताले बढी मूल्य कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्स, खानीखोल हाइड्रो, युनाइटेड मोदी, अरुण काबेली, रिडी हाइड्रोपावर, जोशी, अपि, दिव्यश्वरी हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढेको छ। 

राधी विद्युत, शिवश्री हाइड्रो, हिमाल दोलखा, सानिमा माइ, पन्चकन्या माइ, नेसनल हाइड्रोपावर, बुटवल पावर, युनियन हाइड्रोपावर, घलेम्दी, युनिभर्सल पावर र आँखु खोलाको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।यस दिन माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्। समता लघुवित्त र मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। अपि पावर कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।