July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो, प्रतितोला कति

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो, प्रतितोला कति

जेठ १३,काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।