July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कांग्रेसको १४ औं महाधिवेशन अन्योलमा

कांग्रेसको १४ औं महाधिवेशन अन्योलमा

कोरोना भाइरसको बढ्दो संक्रमण र क्रियाशील सदस्यताका टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। कांग्रेसले संवैधानिक सहारा लिँदै भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको दोस्रो लहर बढेसँगै अन्योल सिर्जना भएको हो।

कोरोना संक्रमण तीव्र बनेपछि कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनको पूर्वाधारकारूपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि अझै सकिएको छैन। एकमात्र निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी र अन्य केही जिल्लाले मात्र अहिलेसम्म सदस्यता नवीकरण वितरणको काम पूरा गरेका छन्।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएका प्रदेश दुईका आठवटै जिल्लामा सदस्यता वितरणको काम विवादका कारण अघि बढ्न सकेको छैन। अपवादकारूपमा केही निर्वाचन क्षेत्रबाहेक आठवटै जिल्लामा सदस्यता वितरणमा विवाद छ। नागरिक दैनिकमा खबर छ ।