July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप कडाई, नियममिचे जेलदेखि जरिबानासम्म

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप कडाई, नियममिचे जेलदेखि जरिबानासम्म

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई थप कडाई हुने भएको छ । उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथामको लागि जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाई गरेका हुन् । काठमाडौं उपत्यकामा कोरोना भाईरसको मृत्युदर र संक्रमणदर सोचे अनुसार नियन्त्रणमा नआएपछि थप कडाई गरिएको हो । आजदेखि थप गरिएको निषेधाज्ञामा एकसाताका लागि खाद्यान्न पसल पूर्ण रूपमा बन्द गरिनेछन् ।

पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको निषेधाज्ञा यसअघिको भन्दा थप कडाइ गरिएको प्रशासनले जनाएको छ ।

यसअघि बिहान १० बजेसम्म खुल्न दिएकोमा अनावश्यक भीडभाडले कोरोनाको जोखिम बढ्ने खतरा रहेको हुँदा यो पटकको निषेधामा ती पसलहरुसमेत बन्द गर्न आदेश जारी गरिएको छ । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल भने यसअघि झैँ खुल्ने छन् । सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीले विहानैबाट अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ । मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस पटकको निषेधाज्ञा थप कडा बनाइएको जानकारी दिए । उनका अनुसार यो पटकको निषेधाज्ञा अन्य समयको भन्दा कडा हुने छ ।


अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पु¥याए ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजायण् गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ । मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेक पटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गर्नेलाई २ सय जरिवाना गरिने अध्यादेशमा उल्लेख छ । त्यस्तै, अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एक पटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना तिराउने अध्यादेशमा उल्लेख छ ।
यस्तो छ आदेश