July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने

चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने

जेठ १४, काठमाडौं ।
चीनले अनुदान स्वरुप उपलब्ध गराउने १० लाख डोज कोभिड खोपमध्ये २ लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तर्क्रिरयाका क्रममा उक्त जानकारी दिएका हुन् । उनका अनुसार मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउनेछ । त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउने पनि उनले जानकारी दिए ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।