July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

नेपालीको मोटरसाइकल मोह बढ्दो, एक बर्षमा थपिए झण्डै १ लाख २० हजार मोटरसाइकल

नेपालीको मोटरसाइकल मोह बढ्दो, एक बर्षमा थपिए झण्डै १ लाख २० हजार मोटरसाइकल


नेपालीहरुको मोटरसाइकल प्रतिको मोह बढेको छ । शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार कोरोना महामारीका बिच आम नेपालीमा मोटरसाइकल मोह बढेको देखाएको हो ।


सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालमा १ लाख ५० हजार ७ सय ६५ सवारी साधन थपिएका छन् । यसवर्ष दर्ता भएका मध्ये १ दशमलव ४ प्रतिशत बस छन् भने ७९ दशमलव ३ प्रतिशत मोटरसाइकल छन् । नयाँ सार्वजनिक भएको आँकडा अनुसार १ लाख १९ हजार ५ सय ५७ वटा त मोटरसाइकल मात्र थपिएका हुन् ।


सर्बोक्षणले २०७७ असारसम्म ३८ लाख ३६ हजार ५ सय २ सवारी साधन रहेकोमा अब नेपालमा सवारी साधनको संख्या ३९ लाख ८७ हजार २ सय ६७ पुगेको देखाएको छ ।