July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

जेठ १४, काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँ रहेको छ ।