July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज आरोहणको आधारमा ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पूरा भएको छ भने नेपालमा वि.सं. २०६४ देखि सगरमाथा दिवस मनाइँदै आएको १४ बर्ष पुगेको छ ।

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले आजभन्दा ६८ वर्षअघि अर्थात् सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

यस वर्ष कोरोना महामारीको बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ । सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजारले सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर छ ।