July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

उज्वल थापाको उपचारको लागि अमेरिकाबाट आयो २६ लाख ५० हजार सहयोग

उज्वल थापाको उपचारको लागि अमेरिकाबाट आयो २६ लाख ५० हजार सहयोग


काठमाडौँ ः विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारको लागि सहयोग संकलन गर्ने क्रम बढेर गएको छ स।
कोभिड–१९ संक्रमित भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिरहेका थापालाई ईसीएमओ प्रविधिबाट उपचार हुँदै आएको छ । चिकित्सकहरूको सल्लाह अनुसार थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि आर्थिक सहयोग उठाइएकोमा अपेक्षा भन्दा बढी रकम जटेको हो ।


थापाको उपचारको लागि अमेरिकामा २२ हजार २ सय ९१ डलर सहयोग जुटेको छ । त्यस्तै नेपालमा थापाको उपचारका लागि २६ लाख ५० हजार सहयोग उठेको विवेकशील साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

केही दिन अघिदेखि उनलाई हाइफ्लो अक्सिजनमा राखिएको थियो । अक्सिजन दिँदा पनि काम गरेको थिएन । उनलाई करिब दुई साता अघि कोभिड–१९ संक्रमण देखिएको हो ।