July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कर्मचारीको तलब २ हजारले बढ्यो, सामूहिक आवासको ब्यावस्था पनि गरिने

कर्मचारीको तलब २ हजारले बढ्यो, सामूहिक आवासको ब्यावस्था पनि गरिने


सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेकाछन् । निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताए ।


बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’
सरकारले नयाँ बर्ष देखि कर्मचारीका लागि सामूहिक आवासको व्यवस्था पनि गर्ने भएको छ ।