July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

कुल विनियोजनको ८५.९ प्रतिशत खर्च हुने संशोधित अनुमान

कुल विनियोजनको ८५.९ प्रतिशत खर्च हुने संशोधित अनुमान


सरकारले चालू आर्थिक वर्षमा कुल विनियोजनको ८५.९ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आवमा लक्ष्यको तुलनामा ९४.८ प्रतिशत राजस्व संकलन हुने अनुमान रहेको बताएका छन् ।

विनियोजनमध्ये चालूतर्फ ९१.४ प्रतिशत, पुँजीगततर्फ ७१.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८५.२ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।

त्यस्तै वैदेशिक अनुदान २७ अर्ब ६ करोड र विदेशी ऋण १ खर्ब ६२ अर्ब १० करोड परिचालित हुने संशोधित अनुमान गरेको मन्त्री पौडेलले बताए । आन्तरिक ऋणतर्फ २ खर्ब २३ अर्ब परिचालित हुने सरकारको अनुमान छ ।