July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

कृषि अनुदानको लागि ७ अर्ब रुपैयाँ विनियोजन, रासायनिक मलको लागि १२ अर्ब

कृषि अनुदानको लागि ७ अर्ब रुपैयाँ विनियोजन, रासायनिक मलको लागि १२ अर्ब


काठमाडौं– सरकारले कृषकका लागि दिने अनुदान रकम बढाएको छ । अनुदानका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका हन् । उनले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम बढाएको छ । बजेटमा अनुदान रकम १२ अर्ब विनियोजन गरेको हो ।

कृषि र पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आवको भन्दा तीन अर्ब ६९ करोडले बढी हो । गत वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४१ अर्ब ४० करोड बजेट प्राप्त गरेको थियो ।

बजेटमा कृषि आधुनिकीकरण, हरेक स्थानीय तहमा प्राविधिक सेवा, चक्ला बन्दी खेती, माटोको गुणस्तर परीक्षण, रासायिनक मल खरिद र कृषक अनुदानलाई प्राथमिकतामा राखिएको छ ।