July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

चुनाब केन्द्रीत बजेट : बृद्धभत्तादेखि कर्मचारीको तलब बृद्धि, विद्यार्थीलाई ल्पापटप ऋणसम्मका कार्यक्रम

चुनाब केन्द्रीत बजेट : बृद्धभत्तादेखि कर्मचारीको तलब बृद्धि, विद्यार्थीलाई ल्पापटप ऋणसम्मका कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आगामी बर्षको लागि ल्याएको बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । चुनाव गर्न कम्मर कसेको सरकारले बजेटलाई चुनाव लक्षित बजेट ल्याएको हो बजेटमा जनताका मन जित्न केही महत्वपूर्ण कार्यक्रमहरू आएका छन् ।

सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै वृद्ध भत्ता ३ हजारबाट बढाएर ४ हजार पु¥याएको घोषणा गरेका छन् । २०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले वृद्ध भत्ता ५ हजार पु¥याउने उल्लेख गरेको सरकारले चुनाबमा बृद्ध फकाउन यो योजना अगाडि बढाएको देखिन्छ ।

सरकारी कर्मचारीलाई १० दिनको तलब सहित पर्यटन बिदा दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको मासिक तलब २ हजारले वृद्धि गर्ने भएको छ ।

त्यस्तै विद्यार्थी लक्ष्ति कार्यक्रम समेत अगाडि बढाएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत हुने कार्यक्रम अगाडि बढाएको हो । सरकारले १ प्रतिशत व्याजमा विद्यार्थीलाई रकम उपलब्ध गराउने देखि मोबाइल मर्मत लगायतका तालिमका लागि ४० करोड विनियोजन गरेको छ ।

लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन गरेको छ । बजेटम उपलब्धीविहीन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ । २ लाख रोजगारी सिर्जना गर्ने महत्वकांक्षी लक्ष्य सहित १२ अर्ब रुपैयाँ उक्त कार्यक्रममा विनियोजन गरिएको छ । अध्यादेशबाट ल्याइएको पूर्ण बजेटमा सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गर्दै १४ अर्ब बजेट विनियोजन गरिएको छ ।


निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिने ब्यावस्था गरेको छ । स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने भनेको छ । सरकारले ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गर्ने भनेको छ ।


तरकारी, दूध र माछा÷मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भनेको छ । सरकारले निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने भनेको छ । सरकारले १५ दिनभित्र उखु किसानलाई अनुदान उपलव्ध गराउने भएको छ ।
यस्तै स्वास्थ्य बीमा ५० प्रतिशत जनतामा पु¥याउने भन्दै सरकारले ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।


सरकारले गरिवी निवारण कोष खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा गरिवी निवारण कोष खारेज गरेको जनाएका हुन् । त्यस्तै सरकारले कोषमा आवद्ध करिव ३२ हजार सामुदायीक समूहलाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेको छ ।
समुहले परिचलान गरेको रु १९ अर्व सहकारीको विउ पुँजीका रुपमा प्रयोग गरिने भएको छ । सरकारले भुमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ८ अर्व २१ करोड विनियोजन गरेको छ ।


सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । उनले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि बताए ।


बजेटले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भनेको छ । विद्यालयमा छात्राको लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने बताए । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइने सरकारले बजेटमा समेटेको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ ।

औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताएका छन् ।


साथैे प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने छ । उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले बताए । नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको छ ।