July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

टेलिकममा सर्वसाधारणको पहुँच बढ्ने

टेलिकममा सर्वसाधारणको पहुँच बढ्ने


काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमका आगामी असार मसान्तसम्म कायम सेवाग्राहीले खरीद गर्न सक्ने गरी २२ प्रतिशत सेयर बिक्री गरिने घोषणा गरेका हुन् ।


बजेट भाषणबाट टेलिकमको सेयर संरचना परिवर्तन हुने भएको छ । हाल टेलिकममा सरकारको ९१.३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मचारी र सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै रहेको यस सस्थामा ठूलै परिवर्तन ल्याउने भएको छ । यस्तो सेयर खरीद गर्नका लागि टेलिकमको सेवाग्राही भने अनिवार्य हुनुपर्नेछ । सेयर विनिमेशको मोडल र सेयर मूल्यको विवरण ०७८ असारसम्म तय हुने समेत उनले जानकारी दिए ।