July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

बजेट भाषण शुरु, सिंहदरबारबाटै अर्थमन्त्री बजेट भाषण गर्दे

बजेट भाषण शुरु, सिंहदरबारबाटै अर्थमन्त्री बजेट भाषण गर्दे


१५ जेठ २०७८ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत पूर्ण बजेट ल्याएको छ । संविधान धारा १ सय १९ अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नु पर्ने व्यवस्था छ । पूर्व अर्थमन्त्री देखि बिज्ञले अहिले पूर्ण बजेट नल्याउन सुझाव दिए पनि सरकार त्यसको बेवास्ता गर्दै अघि बढेको हो । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ वरिपरी रहेर बजेट भाषण शुरु भएको हो ।
प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेका कारण अहिले प्रतिनिधिसभा छैन । संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । बजेट अघि संसदमा हुनु पर्ने प्रिबजेट छलफल भएन ।


नीति तथा कार्यक्रम पनि आएन । त्यसैले पूर्ण बजेट नल्याउन पूर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले सरकारलाई सुझाव दिएका थिए । तर यी सुझाव र ध्यानाकर्षणलाई पन्छाउँदै सरकारले भोलि नै पूर्ण बजेट ल्याउन लागेको छ । अर्थमन्त्रायलले अध्यादेशमार्फत ल्याइने बजेटको तयारी पूरा भएको जनाएको छ ।


बजेटको पहिलो प्रथामिकता स्वास्थ्य क्षेत्रमा देखिएको अहिलेको संक्रमण रोकथाम र नियन्त्रणलाई बनाइएको छ । यस्तै बजेटमा कोरानाले अर्थतन्त्रमा पारेको असर पुनरुत्थान गर्ने कार्यक्रम राखिएको छ ।