July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा, फोन गर्न एकथान सिमकार्ड निःशुल्क

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा, फोन गर्न एकथान सिमकार्ड निःशुल्क


काठमाडौं– सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएकोछ ।


सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो । यस्तो कर्जाको ब्याज एक प्रतिशतसम्म हुनेछ । त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निःशुल्क उपलब्ध गराइनेछ ।


साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चिकित्सा विज्ञान अध्ययन गरी इन्टर्नशीपमा रहेका विद्यार्थीलाई तलब र ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराउने बताएका छन् ।