July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

वृद्ध भत्ता १ हजार रुपैयाँले बृद्धि, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ विनियोजन

वृद्ध भत्ता १ हजार रुपैयाँले बृद्धि, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ विनियोजन


काठमाडौं– सरकारले ज्येष्ठ नागरिकसहितलाई प्रदान गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाले बढाएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) १ हजार रुपैयाँ बढाउने घोषणा गरेको अर्थमन्त्री बिष्णु पौडेलले बताए ।


अहिले ३ हजार रुपैयाँ रहेको वृद्धि भत्ता बढाएर सरकारले ४ हजार रुपैयाँ बनाएको हो । योसँगै सरकारले सबै शीर्षकमा वितरण हुन सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँका दरले बढाएको हो । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरेको छ ।