July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विनियोजन भएको जनाकारी दिए । उनले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि बताए ।


बजेटले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भनेको छ । विद्यालयमा छात्राको लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने बताए । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइने सरकारले बजेटमा समेटेको छ । बिद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् । सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो । यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने पौडेलको भनाई छ । यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ । प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् । उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले बताए । नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको उल्लेख गरे ।