July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

सवै नागरिकलाई निःशुल्क खोप, २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन

सवै नागरिकलाई निःशुल्क खोप, २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन


काठमाडौं–सरकारले कोभिडि १९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विश्वका थोरै मुलुकसँगै नेपाल खोप लगाउने देशमा रहेको बताउँदै सवै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

यसैगरी कोभिड उपचारका लागि सेन्टर कमान्ड प्रणाली निर्माण गरिने बताइएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किटलगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्व विनियोजन गरेको छ ।


अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उक्त रकम विनियोजन गरेको बताए । उनले खोप तथा स्वास्थ्य सामग्रीका लागि बजेट कम हुन नदिने बताए । यस्तै एक सय शैयाभन्दा माथिका अस्पतालले अनिवार्य रुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने व्यवस्था मिलाइएको उनले बताए । त्यसबाहेक अक्सिजन उद्योगका सामानमा भन्सार छुट गरिएको तथा अक्सिजन उत्पादन गर्न लाग्ने विद्युतीय महसुलमा ५० प्रतिशत छुट दिइएको छ ।