April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

भिसा एक महिना निःशुल्क, कर्मचारीलाई तलब सहित १० दिनको पर्यटन काज दिइने


सरकारले नेपाल आउने पर्यटकको लागि एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । सरकारले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटनलाई प्रवर्दन गर्न निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराइने भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन् । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने भएको छ । त्यस्तै सरकारले अघि सारेको २१६ पर्यटकीय क्षेत्र विस्तारको योजनालाई निरन्तरता दिने जनाएको छ ।


सरकारले साहसिक खेल तथा पर्यटन क्षेत्रको रुपमा रहेको प्याराग्लाइडिङ्ग, क्याम्बिङ्ग, ¥;याफ्टिङ्ग, बन्जी लगायतका खेलको विकास विस्तार एवं सुधारका साथै लगानीका लागि प्रोत्साहन गर्न ५९ करोड रकम उपलब्ध गराउने भएको छ । यस्ता क्षेत्रमा लगानी बढाउन निजीसँगै वैदेशिक लगानीलाई समेत आकर्षित गर्ने भएको छ ।

Advertisement