April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिद्धारा बजेट सम्बन्धी तीन अध्‍यादेश जारी

राष्ट्रपतिद्धारा बजेट सम्बन्धी तीन अध्‍यादेश जारी

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै छन् । यसपटक संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउनलागेको हो।

Advertisement