March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याइयो

श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याइयो

औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताएका छन् ।


साथैे प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने छ । उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले बताए । नपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड बिनियोजन गरेको छ ।

Advertisement