July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाइदै

ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाइदै

२५ जेठ, काठमाडौं ।
चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिक कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।
चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ । अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ ।